आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाडौं, ७ असोज । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बैठकमा प्रस्तुत गरेको आर्थिक विधेयक २०७८ लाई पारित गरियोस् र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने दुबै प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच बहुमतले पारित भएको हो ।
माधवकुमार नेपालसहित १४ जनालाई गरेको कारवाही सदर गर्नुपर्ने वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने माग गर्दै एमाले सदन अवरोध गर्दै आएको छ।