Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा झिनो अंकको सुधार, ७ अर्ब ७२ करोडको कारोबार

नेप्सेमा झिनो अंकको सुधार, ७ अर्ब ७२ करोडको कारोबार

काठमाडौं, ७ असोज । तीब्र उतारचढाव काबीच शेयर बजार परिसूचक नेप्से आज पनि झिनो अंकले बढेर बन्द भएको छ । कारोबारको सुरुवाती चरणमा बढेको बजार त्यसपछि केही घटेपनि अन्तमा २.७० अंकले बढेर नै बन्द भयो ।

कारोबारमा आएका १३ समूह मध्ये वाणिज्य बैंक र फाइनान्स कम्पनीको सूचक बढेपनि बाँकी सबै घटेको छ । बैंकिङ ४७ र फाइनान्स ८ अंकले मात्र बढेको छ ।

कारोबार पनि २२८ कम्पनीको ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकम हिजोको तुलनामा बढी हो । हिजो बजार १०४ अंकले बढेको दिन ६ अर्ब १७ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको थियो ।

आज सानिमा बैंकको सबैभन्दा धेरै ३४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पाटनरको सबैभन्दा धेरै अर्थात ५.०९ प्रतिशतले मूल्य घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x