कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा
काठमाडौं, ९ असोज । कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको छ । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हो ।
यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु Upload गरी ‘केएस डिजी’ वालेट खोल्न सक्नेछन् ।
बिहीवार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका छन् । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCashAccount Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।
बैंकले देशभर रहेका १ सय २९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।