Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सेयर बजारमा पुन गिरावट

सेयर बजारमा पुन गिरावट

काठमाडौं, २६ चैत । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । अघिल्ला केही दिन निरन्तर उकालो लागेको बजार आज भने कारोबार सुरु भएसँगै उकालो लागे पनि अन्तमा ६.८७ अंकले घटेर बन्द भयो ।

सो दिन कारोबारमा आएका मध्ये अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । अन्य समूहको परिसूचक २.९१ अंकले बढेको छ । सबैभन्दा बढी ३६ अंक सहित होटल समूहको परिसूचक घटेको छ । त्यस्तै इन्स्योरेन्स २९, उत्पादन तथा प्रशोधन २१, विकास बैंक समूह १८ अंकले घटेको छ । कारोबार अवधीभर एक सय ६९ कम्पनीको ९४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

पछिल्लो समय बामगठबन्धनको सरकार गठन भएसँगै निरन्तर घटिरहेको बजार अघिल्लो साताको देखि बढ्न थालेको थियो । हिजो मात्र पनि बजार ४४ अंकले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x