Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

इसेवाद्वारा चाडपर्व लक्षित गरी विभिन्न योजना सार्वजनिक

इसेवाद्वारा चाडपर्व लक्षित गरी विभिन्न योजना सार्वजनिक

काठमाडौं, १८ असोज । इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । यस्तै बम्पर उपहारमा रू सयमा स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सकिने कम्पनीले जनाएको छ।
स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ ।

यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दशैँ क्याम्पेनमा ५ सय जनाले ५ सय र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय डिजिटल दक्षिणा प्राप्त गर्ने इसेवाले जनाएको छ। यस्तै फ्ल्यास् अफर अन्तरगत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० सम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागु हुनेछ ।

यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हुने कम्पनीले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x