नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं, १८ असोज । सोमबार पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। सोमबार नेप्से ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा रोकिएको छ। उसो त आइतबार पनि नेप्सेमा ५५.९३ अंकले घटेको थियो ।
‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२८ अंकले घटेको छ ।
शेयर कारोबारमा पनि सोमबार उल्लास देखिएन । २२७ कम्पनीको ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँको मात्र कारोबार भएको छ। आइतबार ४ अर्ब ११ करोड ३८ लाख रुपैयाँको कारोबार भएको थियो ।
सोमबार सबैभन्दा धेरै शेयर मूल्य आशा लघुवित्तको बढेको छ । लघुवित्तको १० प्रतिशतले मूल्य बढेको छ भने मैलुङखोला जलविद्युत, सर्पोट माइक्रोफाइनान्स, मिथिला लघुवित्त र महिला लघुवित्तको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि छ ।