बैंक तथा वित्तीय संस्थामा सक्रिय निक्षेप खाता जनसंख्याको १०९ प्रतिशत
काठमाडौं, १९ असोज । नेपालमा बैंक तथा वित्तीय संस्थामा रहेको सक्रिय निक्षेप खाता १०९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साउनसम्ममा कुल सूचीकृत निक्षेप खाता संख्या ३ करोड ३२ लाख ६ हजार ९५४ पुगेको छ, जुन केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको जनसंख्या (३ करोड ३५ लाख ५ हजार ८६२) भन्दा ९ प्रतिशत बढी हो ।
कुल निक्षेप खातामा पुरुषको हिस्सा ४९ प्रतिशत र महिलाको हिस्सा ३५ प्रतिशत रहेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेका खातालाई आधार मानेर उक्त तथ्यांक निकालिएको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप खाताको पहुँच महानगरमा ३३७ प्रतिशत, उमहानगरपालिकामा २०३ प्रतिशत र नगरपालिकामा १०३ प्रतिशत रहेको छ भने गाउँपालिकामा सबैभन्दा कम २४ प्रतिशत मात्र रहेको छ ।