Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति

करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौं, २३ असोज । लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति दिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न ४८औं बैठकले उक्त निर्णय गरेको हो ।

लगानी स्वीकृति हुनेमा करिब नेरु १० अर्ब ५ करोड रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजना रहेको छ । त्यस्तै संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२ अर्ब २६ करोड रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ ।

यस्तै, बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्च–स्तरीय अध्ययन समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रुपमा रहेका छन् ।

बैठकले लगानी बोर्डको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x