Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोभिडविद्धरुको खोप : कोभिशिल्डभन्दा र भेरोसेल लगाएकामा एन्टिबडी धेरै

कोभिडविद्धरुको खोप : कोभिशिल्डभन्दा र भेरोसेल लगाएकामा एन्टिबडी धेरै

काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरसविरुद्ध लगाएका प्रमुख दुई खोप (भेरोसेल र कोभिशिल्ड)मध्ये भेरोसेल लगाएकाहरूमा एन्टिबडी अर्थात् रोगप्रतिरोधी क्षमता बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका १ हजार ७९६ जनामा गरेको अनुसन्धानमा कोभिशिल्ड खोप लगाएकाभन्दा भेरोसेल लगाएकामा व्यक्तिमा एन्टिबडी क्षमता ९.१ प्रतिशत बढी पाइएको छ ।

उक्त अनुसन्धान क्रममा कोभिशिल्ड खोप लगाएकाहरूमा ६३.३ प्रतिशत र भेरोसेल लगाएकामा ७२.४ प्रतिशत एन्टिबडी पाइएको छ । परिषद्मा वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको बताए । यद्यपि दुवै खोप उत्तिकै प्रभावकारी रहेको उनको भनाइ छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमामा एन्टिबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिए । उनका अनुसार खोप नलगाएका व्यक्तिमा ४३ दशमलव ९ प्रतिशतमा एन्टिबडी देखिएको छ । यस्तै पहिलो मात्रा खोप लगाएकामध्ये ५५ दशमलव एक प्रशिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x