Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

राष्ट्र बैंकले १३ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले १३ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । असोज ३१ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस २७ गते परिपक्व हुनेछ । १८२ दिनको लागि २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल चैत २९ गते परिपक्व हुनेछ । यस्तै १ वर्षको लागि जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७९ असोज २५ गते परिपक्व हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *