Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दशैं अघिको अन्तिम कारोबार दिन शेयर बजारमा गिरावट

दशैं अघिको अन्तिम कारोबार दिन शेयर बजारमा गिरावट

काठमाडौं, २५ असोज । दशैं अघिको अन्तिम कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । विदा अघिको अन्तिम कारोबार भएको सोमबार सूचक २३.१९ अंकले घटेर २६३९.३८ अंकमा झरेको छ ।

आइतबार पनि नेप्से १८.५३ अंकले घटेको थियो । शेयर बजार अब असोज ३१ गते आइतबार मात्रै खुल्नेछ ।

नेप्सेमा सोमबार २१९ धितोपत्रको ३ अर्ब ६३ करोड रुपैयाँको शेयर किनबेच भएको छ । म्यूचुअल फन्ड र इन्भेष्टमेन्ट बाहेक अरु सबै समूहको सूचक घटेको छ ।

ग्लोबल आइएमई समुन्नत स्किम – १ का लगानीकर्ता सबैभन्दा धेरै कमाउने र महालक्ष्मी विकास बैंकका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा अग्रस्थानमा रहे । यस्तै सबैभन्दा धेरै शेयर कारोबार भने नविल बैंकको भएको छ। बैंकको १७ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x