सम्पदा संरक्षणका लागि राष्ट्रिय अभियान संचालन गरिने

काठमाडौं, २९ चैत । काठमाडौं महानगरपालिकाले परम्परागत सम्पदाहरुको संरक्षण एवं प्रवर्द्धनका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरि वैशाख ८ गते सम्पदादेखि सम्पदासम्मको यात्रा गर्ने जनाएको छ । जसअन्तर्गत काठमाडौंको बसन्तपुरदेखि स्वयम्भूसम्मको यात्रा हुने भएको छ ।पदयात्रामा सम्पदाप्रेमी, पर्यटन क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्था र सर्वसाधारणको सहभागिता हुने महानगरपालिकाले जानकारी दिएको छ ।
त्यसअघि वैशाख २ देखि ७ सम्म सरसफाइ अभियान, खेलकुद, आमसभा लगायतका जनचेतनामूलक कार्यक्रमहरु गरिने भएको छ ।