मतदाता नामावली संकलन र अध्यावधीक बैशाख २ देखि
काठमाडौं, २९ चैत । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधीक गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले बिहीवार विज्ञप्ती जारी गर्दै बैशाख २ गतेदेखि सबै जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुने जानकारी दिएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्न तथा अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए सोको लागि निर्धारित अनुसूची बमोजिम निवेदन सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउन आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको हो ।