सुन तोलाको ५८ हजार नौ सय रुपैयाँ, यो वर्षको सबै भन्दा महंगो आजै
काठमाडौं, २९ चैत्र । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिका कारण स्थानिय बजारमा समेत यसको प्रभाव परेको छ । पछिल्लो समय अमेरिका र चिन बिचको व्यापार युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा वृद्धि भएको हो । साथै कच्चा तेलको मुल्यमा भएको वृद्धिले समेत सुनको मुल्यलाई बढाउन मद्दत गरेको छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बनेको कारणले पनि सुन महंगिएको हो ।
स्थानिय बजारमा आज छापावाला सुन ५८ हजार नौ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन यो वर्षको सबै भन्दा उच्च हो । हिजोको तुलनामा आज सुन पाँच सय रुपैयाँले महंगिएको छ । हिजो बुधबार स्थानिय बजारमा छापावाला सुनको मुल्य प्रति तोला ५८ हजार चार सय रुपैयाँ थियो ।
यो बर्ष सुनको मुल्यमा उतारचढाप देखिएको छ । आषाढ २६ गते छापावाला सुनको मुल्य यो वर्ष कै सबै भन्दा सस्तो ५२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । यहि चैत्र महिनाको ११, १२ र १३ गते सुनको मुल्य ५८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यस पछि उतारचढाप मै रहेको सुनको मुल्य आज ५८ हजार नौ सय रुपैयाँ पुगेको छ ।