सेयर बजारमा मंगलबार उत्साह: नेप्से ३५ अंकले उक्लियो, कारोबार रकम ९ अर्ब नाघ्याे

काठमाडाैं, ३० असार । मंगलबारको सेयर बजारमा लगानीकर्ताहरूका लागि राहतदायक संकेत देखिएको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ३५.५३ अंकले वृद्धि भएर २७६२.२६ विन्दुमा पुगेको छ। नेप्से सूचक १.३० प्रतिशतले उकालो लागेको हो।