Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

शेयर बजार लगातार उकालो गतिमा, परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि

शेयर बजार लगातार उकालो गतिमा, परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि

काठमाडौं, १० कात्तिक । लगातार उकालो लागेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको छ । गत कारोबार ७८ अंकले बढेको शेयर बजार आज १८.०६ प्रतिशत वृद्धि भएर २७६९.१३ विन्दुमा रोकिएको हो । आज कारोबार रकम पनि वृद्धि भएको छ । गत कारोबार दिन ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३० करोड रुपैयाँ बढेर ६ अर्ब ६१ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा जीवन बीमा समूह रहेको छ । यो समूको परिसूचक २.०६ प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर कारोबार नविल बैंक लिमिटेडको भएको छ । यो बैंकको ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कम्पनीको शेयर मूल्य १६०६ रुपैयाँ पुगेको छ ।

आज बेष्ट फाइनान्सको शेयर मूल्य ८.६८ प्रतिशतले वृद्धि भएर ५८० रुपैयाँ कायम भएको छ ।
२२८ धितोपत्रको १ करोड १५ लाख ९२ हजार कित्ता खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x