Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

तीन स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंकका शाखा

तीन स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंकका शाखा

काठमाडौं, १० कात्तिक । ग्रामीणस्तरसम्म बैंक तथा वित्तीय संस्था पुग्ने क्रम बढिरहे पनि तीन स्थानीय तहमा भने अझै पनि वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मुलुकका ७५३ स्थानीय तहमध्ये गत भदौ मसान्तसम्म ७५० वटामा मात्र वाणिज्य बैंकका शाखा पुगेका हुन् ।

वाणिज्य बैंकका शाखा नपुगेका स्थानीय तहहरूमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका रहेका छन् ।

गतवर्षको भदौ सोही अवधिमा ७४७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा सञ्जाल विस्तार भएको थियो ।

समीक्षा अवधि वाणिज्य बैंकका शाखा ४ हजार ७७५, विकास बैंकका १ हजार २९, वित्त कम्पनीका २३७ र लघुवित्त कम्पनीका शाखा ४ हजार १४८ पुगेका छन् । सबै किसिमका बैंक तथा वित्तीय संस्था (पूर्वाधार विकास बैंकसमेत)को गरी सञ्चालनमा रहेका कुल शाखा संख्या १० हजार ८८२ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x