Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

काठमाडौं, १० कात्तिक । बुधबार सुनको मूल्य घटेर कारोबार भएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा बुधबार १५ रुपैयाँ घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x