Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१ खर्ब १८ अर्बभन्दा बढीको पुनर्कर्जा लगानी

१ खर्ब १८ अर्बभन्दा बढीको पुनर्कर्जा लगानी

काठमाडौं, १० कात्तिक । । सरकारले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालू आर्थिक वर्षको २ महिनामा १ खर्ब १८ अर्बभन्दा बढी लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा कुल १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रवाह गरिएको हो ।

सोही अवधिमा १ लाख २० हजार ७१५ ऋणीले सहुलियतपूर्ण कर्जा पाएका छन् । जसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २७२ जना ऋणी लाभान्वित छन् । ती ऋणीले १ खर्ब २१ अर्ब ६ करोड रुपैयाँ कर्जा लिएका छन् । यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६९० जना महिला उद्यमी लाभान्वित भएका छन् । सो शीर्षकमा ६२ अर्ब ३७ करोड रुपैयाँ कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७५३ जना ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले बताएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ अनुसार गत भदौ मसान्तसम्ममा १ अर्बको कर्जा स्वीकृत गरिएको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x