Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

१८९ प्रतिशतले बढ्यो भटमासको तेल निर्यात

१८९ प्रतिशतले बढ्यो भटमासको तेल निर्यात

काठमाडौं, २१ कात्तिक । निर्यात वस्तुमा प्रमुख स्थानमा रहँदै आएको भटमासको तेलको निर्यात चालू आर्थिक वर्षको प्रथम त्रैमासमा पनि उच्च परिमाणमा भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा १८९.५ प्रतिशतले वृद्धि भई २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी सोही अवधिमा पामतेलको निर्यातमा भारी वृद्धि भई १३ अर्ब ५१ करोड पुगेको छ । निकासीका अन्य वस्तुहरूमा यार्नको निर्यातमा ५१.७ प्रतिशतले वृद्धि भई २ अर्ब पुगेको छ । यसै गरी परम्परागत नेपाली निर्यातजन्य वस्तु ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा २०.५ प्रतिशतले वृद्धि भई २ अर्ब ४६ करोड पुगेको छ । जुट तथा जुटका उत्पादनको निर्यातमा ३४.९ प्रतिशतले वृद्धि भई २ अर्ब ३७ अर्ब पुगेको केन्द्रको तथ्यांक छ ।

पछिल्ला केही महिनाहरुमा सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुको पहिचान स्थापित गर्दै समीक्षा अवधिमा यस वस्तुको तेलको निर्यात १ अर्ब ८२ करोड पुगेको छ । यसैगरी नेपालको अर्काे परम्परागत निर्यातजन्य वस्तु तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा २६.२ प्रतिशतले वृद्धि भई २ अर्ब २० अर्ब पुगेको छ । अर्को प्रमुख निर्यातमूलक वस्तु फेल्टको निकासीमा समीक्षा अवधिमा ३०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ७२ अर्ब पुगेको छ । साथै जुसको निकासीमा ५१.८ प्रतिशतले वृद्धि भई १.५१ अर्ब पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x