आइएमई जनरल इन्स्योरेन्स र ‘पिक मी’बीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं, २३ कात्तिक । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पिक मी’बीच दुर्घटना बीमासेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकको १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राइड शेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट, मार्ग एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टोर तथा एप स्टोरबाट बाट डाउनलोड गर्न सकिने जानकारी दिए ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमाप्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमासेवा लिन पनि सबैमा आग्रह गरे ।