साताको अन्तिम दिन शेयर बजार ५९ अंकले घट्यो, सबै समूह राताम्य

काठमाडौं, २५ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५९.५७ अंकले घटेर बन्द भएको छ । गत कारोबार दिनको तुलनामा परिसूचक २.१७ प्रतिशतले घटेर २६९०.२९ विन्दुमा रोकिएको हो ।
कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको ४.२२ प्रतिशतले परिसूचक घटेको छ । आज कारोबारमा आएका २२५ धितोपत्रको ९४ लाख ७५ हजार कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि मानुशी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनी लिमिटेडको भएको छ । मानुशीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने तेह्रथुम पावरको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । र्वाधिक मूल्यको शेयर खरिद विक्री महालक्ष्मी विकास बैंकको ४७ करोड रुपैयाँको भएको छ ।