बैंक अफ काठमाडौंका ग्राहकलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छूट

काठमाडौं, २५ कात्तिक । बैंक अफ काठमाडौं लिमिटेड र एपोलो पोलिक्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छूट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकले एपोलो पोलिक्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाइग्नोष्टिक सेवाहरुमा १५ देखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छूट पाउनेछन् ।
उक्त सेवाहरुमा छूट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । एपोलो पोलिक्लिनिकले काठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
यस्तै बैंक अफ काठमाडौं लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।