Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

१० प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ९ महिनामा भित्रियो ११९१ अर्ब

१० प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ९ महिनामा भित्रियो ११९१ अर्ब

काठमाडौं, २८ वैशाख । विप्रेषण (रेमिट्यान्स) आप्रवाह १० प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रेमिटयान्स आप्रवाह १०.० प्रतिशतले वृद्धि भई ११९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांक अनुसार यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

चालू आवको ९ महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रूपैयाँ रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ४९ हजार ६५२ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *