Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

ग्लोबल आइएमई बैंक ‘नेपालको उत्कृष्ट बैंक’ बने, ग्लोबल फाइनान्स अवार्ड २०२५ प्राप्त

ग्लोबल आइएमई बैंक ‘नेपालको उत्कृष्ट बैंक’ बने, ग्लोबल फाइनान्स अवार्ड २०२५ प्राप्त

काठमाडाैं, २ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडलाई ‘ग्लोबल फाइनान्स म्यागाजिन’ले २०२५ को बेष्ट बैंक अवार्डद्वारा नेपालकै उत्कृष्ट बैंकको रूपमा सम्मानित गरेको छ। संयुक्त राज्य अमेरिकामा शनिबार आयोजित समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरिएको हो।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक र ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डमा बैंक उत्कृष्ट ठहरिएको छ। यससँगै ग्लोबल आइएमई बैंक लगातार दुई वर्ष ग्लोबल फाइनान्स म्यागाजिनबाट सम्मानित हुँदै आएको छ।

अध्यक्ष ढकालले यस सम्मानले बैंकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गर्ने बताए। उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकवर्गप्रति आभार व्यक्त गरे।

ग्लोबल फाइनान्सले अफ्रिका, एशिया-प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य/पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकलाई सम्मान गरेको छ। ग्लोबल आइएमई बैंक यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो।

२०२५ का लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको यूओबी, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायत विश्वका विभिन्न बैंकलाई अवार्ड प्रदान गरिएको छ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४, २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

नेपालभरका सतहत्तरै जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

साथै, बैंकले विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स ल्याइरहेको बैंकले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *