Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, सबै समूह राताम्मे

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, सबै समूह राताम्मे

काठमाडौं, २ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार परिसूचक तथा कारोबार दुवै घटेको छ । यस दिन नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ अंकमा बन्द भएको छ ।

बिहीवार २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबै उपसमूहको सूचक घटेका छन् ।

कारोबारमा आएकामध्ये सर्वाधिक नाफा कमाउनेमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको पनि करिब १० प्रतिशतले शेयरमूल्य बढेको छ ।

सर्वाधिक शेयरमूल्य घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ५ प्रतिशतले घटेको हो । यस्तै सर्वाधिक शेयर कारोबार नेपाल टेलिकमको भएको छ । कम्पनीको शेयर ६० करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x