Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विद्युत् विक्रीभन्दा खपत गर्ने नीति लिनुपर्नेमा अर्थमन्त्रीको जोड

विद्युत् विक्रीभन्दा खपत गर्ने नीति लिनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं, २९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले विद्युत विक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । बधुबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत् विक्री गरेर व्यापार घाटा कम नहुने धारणा राखेका छन् ।

विद्युत् खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने मन्त्री शर्माले बताए । विद्युत् महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको भन्दै उनले विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताए ।
बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्ने उनले बताए । नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षमा समेटिने समेत उनले उल्लेख गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x