सुनचाँदी भयो महंगो
काठमाडौं, २ पुस । कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनचाँदी महंगो भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।
बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै चाँदी पनि महंगो भएको छ । बिहिबार प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा किनबेच भएको चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।