एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक
काठमाडौं, २ पुस । सत्ता गठवन्धन दलले नेपालमा विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनमा अनुमोदन गर्ने विषयमा छलफल गर्न सर्वदलीय वैठक बोलाउने भएका छन् ।
शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच भएको वार्ताले सर्वदलीय बैठक बोलाएर यस विषयमा छलफल गर्ने निचोड निकालेको छ ।
अमेरिकाले यस विषयमा अझै पनि नेपालप्रति विश्वस गरेकै नीति अवलम्वन गरेकाले नेपालको सत्तारुढ दलले भने आम सहमति जुटाउनका लागि सर्वदलीय वैठक बोलाउने तयारी गरेको हो ।
प्रधानमन्त्री देउवा यही पुस ६ गते बस्ने संसदको बैठकमा नै एमसीसीको तयारी गरिरहेका छन् । सभामुखलाई मनाउन सञ्चारमन्त्री ज्ञानेन्द्र वहादुर कार्की र कांगैस नेतृ पुष्पा भुसाल तथा एमालेसँग सहमति जुटाउन कानुनमन्त्री दिलेन्द्रप्रसाद बढुलाई परिचालन गरेका छन् ।
सत्ता गठवन्धन दलका एमसीसी अनुमोदन गराउन नहुने भन्ने पार्टी र नेतालाई भने देउवाले संसदमा लैजाने वातावरण बनाउन आग्रह गरेका छन् ।