Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लण्डनको नौद थाई स्पा ब्राण्ड र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा

लण्डनको नौद थाई स्पा ब्राण्ड र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा

काठमाडौं, ४ पुुस । लण्डनको स्पा ब्राण्ड नौद थाइ र ‘माइ थाई’ रेष्टुरेण्ट काठमाण्डौमा सञ्चालनमा आएको छ । १२ वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै नेपालमानै अन्तराष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टर खोल्ने निर्णयमा व्यवसायी प्रतिक गिरी जुटेका हुन् ।

नौद थाई स्पा करिब २ वर्ष अगाडि खोलिएतापनि कोरोना भाइरसको संक्रमणले सरकारले गरेको लकडाउन र सटडाउनका कारण समयसमयमा बन्द÷सुचारु भइरहेको थियो ।

काठमाण्डौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा मसाज र ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गिरी बताउँछन् ।

नौद थाई स्पाले अल इन वान सेवामा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु पाउन सकिन्छ ।

हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाण्डौ बाहेक पर्यटकीय नगरी पोखरा र झम्सीखेल ललितपुरबाट निकटतम भविष्यमा सञ्चालन गर्ने निर्देशक गिरी बताउँछन् ।

नौद थाई स्पामा आएका ग्राहक दाहोरिएर आएको र यहाँको सेवा अन्तराष्ट्रिय स्तरको रहेको पाइएको छ । स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ । साथै थाइ परिकारको अथेण्टिक खाना खुवाउने लक्ष्य माई थाई ले लिएको छ । यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याएको गिरी बताउँछन् ।

थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x