फेरी सस्तो भयो सुनचाँदी
काठमाडौं, ४ पुस । साताको पहिलो दिन आइतबार सुन प्रतितोला ४ सय रुपैयाँले सस्तो भएको छ ।
गत साताको अन्तिम दिन गत शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा किनबेच भएको सुन आइतबार ९३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार २ सय ४५ रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।