Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पोखराबाट धनगढी र जनकपुर उडान गर्दै बुद्ध एयर

पोखराबाट धनगढी र जनकपुर उडान गर्दै बुद्ध एयर

काठमााडौं, ९ पुस । बुद्ध एयरलाइनसले पोखराबाट सुदूरपश्चिम प्रदेशको धनगढी र दुई नम्बर प्रदेशको जनकपुर पनि उडान सुरु गर्ने भएको छ ।

अन्तर शहर उडान काठमाडौं बाहिर पोखराबाट व्यावसायिक उडानको सम्भावना देखिएपछि बुद्धले विस्तारलाई तीव्रता दिएको हो ।

एयरलाइन्स अहिले पोखराबाट भरतपुर,भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गरिरहेको छ। अहिले पोखराबाट सुरु भएको उडानबाट एयरलाइन्स उत्साहित भएको छ ।

तीन प्रकारका सिट क्षमताका जहाज भएको बुद्धले अहिले सबै जहाजबाट उडान गरिरहेको छ। ७२ सिट क्षमताका एटीआर–७२ ११ वटा, १८ सिट क्षमता बिचक्राफ्ट २ वटा र ४७ सिट क्षमताका एटीआर–४२ जहाज छन् । यात्रुको माग अनुसार जहाजबाट उडान भइरहेका बुद्ध एयरले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x