Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पाँच महिनामा १ खर्ब ६ अर्बको पेट्रोलियम पदार्थ आयात

पाँच महिनामा १ खर्ब ६ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, ११ पुस । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकमा १ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागका अनुसार सो अवधिमा गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा पेट्रोलियम पदार्थ आयात ११५.९ प्रतिशतले वृद्धि भई कुल १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुगेको हो ।

विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ५१.७ प्रतिशतले वृद्धि भई ८० अर्ब ३० करोड, मशिनरी तथा पाट्र्समा ५३.० प्रतिशतले वृद्धि भई ६३ अर्ब २३ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा ४८.३ प्रतिशतले वृद्धि भई ५३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी कच्चा भटमास तेलको आयातमा १२९.४ प्रतिशतले भई ३३ अर्ब ६७ करोड, दूरसञ्चारका सामग्रीको आयातमा ३३.८ प्रतिशतले वृद्धि भई २८ अर्ब ९ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरुमा २३.९ प्रतिशतले वृद्धि भई २९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा अन्नको आयातमा २।७ प्रतिशतले वृद्धि भई ३३।९४ अर्ब पुगेको छ । कच्चा पामतेलको आयातमा भारी वृद्धि भई २४ अर्ब ६१ करोड पुगेको छ । यसै गरी समीक्षा अवधिमा औषधीको आयातमा १८४.३ प्रतिशतले वृद्धि भई ३२ अर्ब २३ करोड पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x