क्यान इन्फोटेक माघमा
काठमाडौं, ११ पुस । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक गर्ने भएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ, प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति र संरचना निर्माणका निम्ति लाग्ने उद्देश्यले आगामी माघ १८ गतेदेखि २३ गतेसम्म ६ दिने इन्फोटेक हुन लागेको क्यानले जनाएको छ ।
काठमाण्डौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले सबै क्षेत्रमा सूचना प्रविधिको विकासका लागि क्यान इन्फोटेक केन्द्रीत हुने जानकारी दिए ।
उनले इक्फोटेक मेलाको स्टकलका लागि मंगलबारदेखि बुकिङ खुल्ला हुने र मेलामा खाना तथा मनोरञ्जन स्टल समेत हुने उल्लेख गरे ।