Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजारमा साताको पहिलो दिन नै हरियाली

शेयर बजारमा साताको पहिलो दिन नै हरियाली

काठमाडौं, ११ पुस । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ७१ दशमलब २ अंकले वृद्धि भएको छ । यो अघिल्लो दिनको तुलनामा २ दशमलब ८२ प्रतिशतले बढेर २ हजार ५ सय ९१ दशमलब ४२ बिन्दुमा पुगेको छ ।


नेप्से गत साताको अन्तिम दिन देखि लगातार उकालो लाग्दै यो साताको पहिलो दिन नै हरियाली देखिएको हो ।
गएको साता अन्तिम तीन दिन १ सय ६१ दशमलब ४२ अंकको सुधार आएको बजार कारोबार रकमा पनि सुधार देखिएको हो । ८६ लाख १ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँको कारोबार भएको छ ।

आइतबार १३२ कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।
पछिल्लो एक महिनादेखि नेपाली पुँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ।

अघिल्ला केही साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २ हजार ३ सय अंक तल झर्न थालेको थियो ।


तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो ।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता आइतबारदेखि नै सेयर बजार उकालो लाग्ने विश्लेषण सही देखिएको छ । बजारमा देखिएको लगातारको सुधारले अब लगानीकर्ता केही संयम अवस्थामा देखिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x