Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मौद्रिक नीतिमा ४\१२ करोडको सीमा तोक्ने समय गलत : पूर्वगभर्नर नेपाल

मौद्रिक नीतिमा ४\१२ करोडको सीमा तोक्ने समय गलत : पूर्वगभर्नर नेपाल

काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकतामा नपरेकाले सुरक्षित रुपमा विकास हुन नसकेको बताएका छन् ।

उनले नेपाली सेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसकेको बताएका हुन् ।

उनले विगत ७ वर्षअगाडि जुन गतिमा सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए । पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए । उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरू उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानून नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर, अनउत्पादक क्षेत्र र साम्राज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए । उनले सेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले सेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैँ बजारप्रति सकारात्मक रहेको बताए । उनले मौद्रिक नीतिमा ४\१२ करोडको सीमा तोक्ने समय गलत भएको बताए । अब नेप्सेलाई सरकारले निजी साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको बताए ।

नेपालको भनाइ –
सेयर बजारको विकास जुन गतिमा हुनु पर्ने भएको छैन। जती बेला म धितो बोर्डको अध्यक्ष भएको बेला मैले जे गरे त्यस पछि खासै केही भएको छैन । जुन बेला सेमि अटोमेशन ल्याएको थिए । त्यसपछि सेयर बजार सुधारको लागि सेयर नियमावली परिमार्जन गरेर ल्याउनु पर्ने थियो त्यो समेत ल्याउन सकिएको छैन । पहिला पहिला नागरिताको फोटोकपी बनाएर बोरा बोरामा पैसा बेकेर सेयरमा लगानी गर्ने गरिन्थ्यो । यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणालीमार्फत कारोबार सुरु गर्ने काम गरेको थिए ।

तर त्यसपछि जुन गतिमा सेयर बजारको विकास हुनुपर्ने हो भएको छैन । बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेश गरे तर लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित तवरले अगाडि बढ्न सकेको छैन । सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा सेयर बजारमा भएका नयाँनयाँ सफ्टवयर देखि लिएर नियम कानुन समेत नेपालमा पनि ल्याउनु पर्छ ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारवाही हुन्छ । सेयर बजारमा बदमासी गरेको लाई अहिलेसम्म कुनै कारवाही गरेको छ । सेयर बजारमा बदमासी गर्नेलाई कसैले कारवाही गरेको छ ।

अहिलेसम्म त्यस्तो छैन । यो विषयमा सबैलाई थाहा छ। बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा सेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन । १० स्थानबाट कार्यालयको काम गरेर हिडेको छ । यो स्थितीमा सेयर बजारको प्रमुख नै छैन । ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ । सेयर बजार सबै भन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन ।

त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो। ३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ । त्यसले गर्दा हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै सेयर बजारको विषयमा गलत प्रचार गर्दछन् । जहाँ साम्मेवादी र प्रगतिशित विचार भएका मन्त्रीहरू कसैले सेयर बजार जुवा घर हो भन्ने कसैले अनउत्पादन क्षेत्र भन्ने गरेका छन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरूले बेलाबेलामा दिएका अभिव्यक्तिले संवेदनशील सेयर बजार असर परेको छ ।

सेयर बजार सम्बेदशिल क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ । लगानीकर्ता अत्तिरहेका पनि हुन्छन भने हैसिएका पनि हुन्छन् । त्यसैले सेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरूले बोल्दै नबोल्दिए राम्रो हुन्छ । उहाँहरूले बोल्नु पर्ने जरुरी पनि रहेको हुँदैन। सेयर लगानीकर्ताहरूले भने जस्तो राष्ट्र बैंकले शयेर बजारलाई अवहेलना गरेको छैन । बैंकले अवहेलना नभई राष्ट्र बैंकले पुँजी वृद्धि गरेकाले नै अहिलेको अवस्थामा पुगेको हो। १८ सयसम्म पुँजी वृद्धिले पु¥याएको छ ।

पहिलो ७ सयको इन्डेक्स रहेको थियो। यहाँ पुग्ने अवस्था थिएन । पुँजी वृद्धि नभएको भए १५ सयको हाराहारीमा बजार रहने थियो । राष्ट्र बैंकले सेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने हो । तर, पनि सेयर बजारलाई सर्पोट गरेको छ । अहिले पनि गरेको छ। तर, कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ । राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतीमा तुरुन्त ४÷१२को सीमा नल्याएको भए हुने थियो ।

तर ल्याउँदा केही असर प¥यो। जहाँसम्म बैंकले बजारमा बढी पैसा जान्छ की भन्ने लागेर हुन सक्छ । बजार बढी रहेको थियो राष्ट्र बैंकले विस्तारै थाहा नपाउने तरिकाले गर्नु पर्ने थियो। तर त्यस्तो भएन यसमा सेयर लगानीकर्ता राष्ट्र बैंक प्रति दुखि छन् । नेपाली सेयर बजारले अन्तराष्ट्रिय बजारमा सन्देश राम्रो दिँदैन । अरु देशमा सेयर बजारको मान्यता दिएर नीति निर्माता देखि लिएर सबैले हेरेको हुन्छ । तर नेपालमा नीति निर्माताले सेयर बजारलाई त्यति महत्व नदिएको अवस्था हो। जो कोही सरकारमा गए पनि सेयर बजारलाई ध्यान दिने गरिएको छैन ।

मुलुकको अर्थतन्त्रमा आर्थिक वृद्धि गर्नेको लागि पनि महत्वपूर्ण योगदान रहेको छ। यसले छरिएर रहेको पुँजीलाई जम्मा गर्ने र कम्पनीको सेयर जनतालाई दिएर कम्पनीमाथि जनतालाई पनि जिम्मेवारी बनाएको छ ।

देशभरी छरिएर रहेको पुँजीलाई संकलन गरेर उद्योग पति व्यापारीहरूले व्यापार व्यवसाय विस्तार गर्ने सेयर बजारको संसार भएर नै उपयोग गर्ने गरेका छन् । हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था सेयर बजार हो ।

यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पु¥याएको छ । मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ । जीडिपीभन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरू ल्याउने र नीजि साझेदारीको रुपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x