Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजार फेरी लाग्यो ओरालो

शेयर बजार फेरी लाग्यो ओरालो

काठमाडौं, १३ पुस । चार दिन लगातार बढेर सोमबार ब्रेक लागेको सेयर बजार मंगलबार पनि झिनो अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसुचक २.६६ अंकले घटेर २५१८.९९ बिन्दुमा पुगेको छ ।

मंगलबार २३० कम्पनीको ४२ हजार ५८ कारोबारबाट ५८ लाख २८ हजार ७ सय ८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३२ रूपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

गएको साताको तीन दिन र यही साता आइतबारसम्म गरेर बजारमा चार दिनमा २३२.६२ अंकको सुधार भएको थियो । आइतबार ७१.२० अंकले बढेर २५९१.४२ बिन्दुमा पुगेको थियो ।

घट्दो बजारलाई सेयर विश्लेषक नवराज अधिकारीले बजारमा करेक्सन आएको भनेका छन्। केही सय अंक बढेपछि केही अंक घट्नु स्वभाविक भएको बताएका छन् ।

यो साताको पछिल्लो दुई दिनको अवस्थाले बजारको उतारचढाव नसकिएको देखाएको छ । चढ्दो बजारमा लागेको ब्रेकले पर्ख र हेरको अवस्था आइरहेको विश्लेषक अधिकारीको दाबी छ ।

मंगलबार कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमध्ये ५ वटाको बढेको र ८ कम्पनी समुहले घाटा व्यहोरेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x