Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

साना किसानले शेयरधनीलाई २५ बोनस शेयर

साना किसानले शेयरधनीलाई २५ बोनस शेयर

काठमाण्डौं, १८ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतवार सम्पन्न सभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

यस संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह समेत बढ्दै गएको छ ।

साथै विभिन्न वित्तीय सूचकमा अग्रणी रहेको यो संस्था आगामी दिनमा शाखा सञ्जाल बढाउँदै थप सबल र सृदृढ बन्नेतर्फ अग्रसर रहने बताइएको छ ।

संस्थाले १ हजार ३५० व्यावसायिक साझेदारमार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

गरिब र विपन्न वर्गमा वित्तीय पहुँच पु¥याउन केन्द्रित यस संस्थाले सरकारको दिगो विकास लक्ष्यमा सहयोग पुग्नेगरी आफ्ना कार्यक्रम कार्यक्रम अघि बढाउँदै आएको छ ।

यस्तै संस्थाले १० लाखभन्दा बढीलाई सेवा प्रवाह गर्दै आएको छ । विपन्न वर्गका बढीभन्दा बढी मानिसमा वित्तीय पहुँच पु¥याउन अग्रसर यस संस्थाको वित्तीय सूचक समेत सुदृढ छन् ।
स्पष्ट योजना र दिगो रणनीतिका साथ अघि बढ्दा यस संस्थाको व्यवसाय मात्र होइन, विश्वास समेत बढेको छ ।

संस्थाले वित्तीय पहुँचसँगै लक्षित वर्गका मानिसको शीप तथा क्षमता विकासलाई समेत प्राथमिकता दिएको छ ।
किसानका अनुसार आ.व. २०७६÷७७ को अन्त्यमावित्तीय संस्थाको कुल सम्पत्तिरु. २४ अर्ब ३८ करोड १० लाखरहेकोमा२०७७÷७८अन्त्यमा७.१३% ले बृद्धिभई रु. २६ अर्ब १२ करोड पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ माप्रति शेयर आम्दानी रु. ४८.९४, प्रति शेयर बुक नेटवर्थ रु. २२५.२४,निष्कृय कर्जा ०.६९%, मूल्यआम्दानीअनुपात ३३.५१, र कुलपुँजी कोष १२.५८% रहेकोप्रतिवेदन सभामा प्रस्तुतभएको छ । २०७८असार मसान्तमावित्तीय संस्थामालगानीमाबाँकी ऋण रु. २४ अर्ब ५३ करोड पुगेको छ ।

हाल यस संस्थाको चुक्तापूँजी १ अर्ब २५ करोड चुक्तापूँजी रहेको छ ।

२५ प्रतिशत बोनस शेयर वितरणपछि यो १ अर्ब ५६ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा संस्थाले ६१ करोड २४ लाख नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x