Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा भटौलियामा

सिटिजन्स बैंकको  शाखा रहित बैंकिङ्ग सेवा भटौलियामा

नवलपरासी, १८ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा यहि पौष १६, गतेबाट ९० ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x