Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चाकुको माग बढे पनि उत्पादनमा कठिनाइ

चाकुको माग बढे पनि उत्पादनमा कठिनाइ

काठमाडौं, २५ पुस । काठमाडौंको टोखास्थित चाकु उत्पादकले यस वर्ष चाकुको माग बढे पनि उत्पादन गर्न कठिनाइ भएको बताएका छन् । चाकु उत्पादनका लागि कच्चा पदार्थ काठमाडौं उपत्यकाबाट ल्याइने हुँदा पर्याप्त नआउँदा माग बमोजिमको उत्पादन गर्न कठिनाइ भएको उनीहरूको भनाइ छ ।

टोखास्थित चाकु व्यवसायीलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ छ । माघे संक्रान्ति नजिकिएसंगै व्यवसायी व्यस्त बनेका छन् । चाकु व्यवसायीले चाकु, तिलको लड्डु लगायत सामग्री बनाउने गरेका छन् । चाकु व्यवसायी रञ्जित भुजेल चाकु उद्योगमा जानेकै लागि पनि उत्पादन गर्न नसकेको बताउँछन् । अर्का व्यवसायी राहुुल श्रेष्ठ यस पटक चाकुको माग उच्च रहेको बताउँछन् । टोखामा चाकु बन्ने भए पनि अन्य जिल्लाबाट कामदार मगाउने गरेको उनीहरुको भनाइ छ । काठमाडौं उपत्यकामा मात्र नभई अन्य स्थानमा पनि टोखाको चाकु निक्कै नै चर्चित छ । विदेशमा समेत टोखाको चाकु निर्यात हुने गरेको व्यवसायी बताउँछन् । व्यवसायीले पनि परम्परागत तरीकाले अन्य कुनै सामग्री नमिसाई चाकु उत्पादन गर्ने गरेको दाबी गर्ने गरेका छन् ।

टोखामा मात्र १५ भन्दा बढी चाकु उद्योग सञ्चालित छन् । माघे संक्रान्तिका लागि मात्र एक लाख ६५ हजार केजी चाकु विक्रि गर्ने व्यवसायीको लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x