Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

काठमाडौं, २५ पुस । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा शनिवार कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं. ३, मुहानपोखरीमा अवस्थित नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकालाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेशनरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिव शंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गरे ।

बुढानिलकण्ठ नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गर्नुभएको सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

१९ वर्षदेखि सञ्चालनमा रहेको नव युवा बाल सुधार समाजलाई सीएसआर अन्तर्गत कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृतज्यूले गराउनुका साथै वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x