कामना सेवा विकास बैंकको मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु
काठमाडौं, २५ पुस । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याईएको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही शनिवार वडा नं ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माबाट संयुक्तरुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानीय व्यक्तिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।