Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१९.४३ अंकले बढ्यो शेयर बजार, ७ अर्ब १२ करोडको कारोबार

१९.४३ अंकले बढ्यो शेयर बजार, ७ अर्ब १२ करोडको कारोबार

काठमाडौं, २५ पुस । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार १९.४३ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.७० प्रतिशतले बढेर २७८४.९५ अंकमा पुगेको हो ।

यस दिन २३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख ?पैयाँको कारोबार भएको छ । यस दिन बैंकिङ, होटल्स तथा पर्यटन र उत्पादनमूलक बाहेक सबै समूहको उपसूचक बढेका छन् ।
सोमवार सर्वाधिक शेयरमूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत् कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा प्रभु सेलेक्ट फन्ड रहेको छ, जसको इकाइ मूल्य ३.१७ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा भने गोर्खा फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको २२ करोड ७७ लाख ?पैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x