Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिटिजन्स बैंकको खुद मुनाफा १ अर्ब, निक्षेप संकलन र कर्जा प्रवाहमा देखिएन सुधार

सिटिजन्स बैंकको खुद मुनाफा १ अर्ब, निक्षेप संकलन र कर्जा प्रवाहमा देखिएन सुधार

काठमाडौं, ७ वैशाख । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणको आधारमा बैंको मुनाफा आर्जनमा सुधार देखिएको छ । तर निक्षेप संकलन र कर्जा प्रवाहको तुलनामा खासै प्रगती भएको भने छैन ।

समिक्षा अवधिमा बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ अर्ब रुपैयाँले मात्र निक्षेप वृद्धि गरेको छ । बैंकले समिक्षा अवधिमा ६० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप संकलन ५५ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । यस्तै बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा विस्तारलाई समेत सन्तोषजनक बनाउन सकेको देखिदैन । बैंकले समिक्षा अवधिमा ५५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षमा बैंकको कर्जा प्रवाह ४७ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

बैंकले समिक्षा अवधिमा १ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x