Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री प्रदान

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री प्रदान

काठमाडौं, ५ माघ । महालक्ष्मी विकास बैंक लिमिटेड संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंककोे सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोकमा रहेको चोइना वीणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्रछात्राहरुलाई विभिन्न आधारभूत शैक्षिक सामाग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुका साथै यस किसिमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्तरको विकासमा टेवा पुग्ने बताए । बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै बैंकको सातदोबाटा शाखाका प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घिमा बैंक सधैं कटिबद्घ रहेको जानकारी गराए ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x