Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

१.३४ प्रतिशतले घट्यो शेयर बजार, ८ अर्ब ४४ करोडको कारोबार

१.३४ प्रतिशतले घट्यो शेयर बजार, ८ अर्ब ४४ करोडको कारोबार

काठमाडौं, ५ माघ । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार १.३४ प्रतिशतले घटेको छ । यस दिन नेप्से परिसूचक उक्त प्रतिशतले घटेर २८९७.२९ अंकमा आइपुगेको हो ।

यस दिन २२४ कम्पनीको १ करोड ६० लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

घटेको बजारमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको हो । यस्तै शेयरमूल्य सर्वाधिक घट्नेमा घलेम्ली हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ४.३४ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा भने अपि पावर कम्पनी अग्रस्थानमा छ । यस कम्पनीको २० करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । मंगलवार कारोबारमा आएका सबै समूहको उपसूचक घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x