गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सेवा शुल्क अन्यौलमा
भौंरहवा, ७ माघ । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी भएपनि सञ्चालनका लागि आवश्यक सेवा शुल्क नियमावली अन्यौलमा रहेको छ ।
अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार गौतम बुद्ध विमानस्थल अहिले सञ्चालनमा रहेको आन्तरिक सञ्चालन भएपनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने विमानस्थल सेवा शुल्क २०७६ अनुसार सञ्चालन गर्न मिल्दैन ।
विमानस्थल सेवा शुल्क नियमावली २०७६ अनुसार नै अहिले देशभर सञ्चालनमा रहेको आन्तरिक विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइरहेका छन् ।
गौतमबुद्ध अन्तर्राष्टिय« विमानस्थलाई समेत समेटने गरी तयारी भएको विमानस्थल सेवा शुल्क नियमावली २०७६ हुँदै अहिले २०७८ भइसकेको छ ।
प्राधिकरण बोर्डबाट नियमावली स्वीकृत भइ संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयमा पुगको एक वर्षभन्दा बढी भइसेको छ। मन्त्रालयले पनि सबै सरोकारवाला निकायसँगको राय सुझाव लिएर केपी ओली शर्मा नेतृत्वका सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने निर्णय गरेका थिए ।
तर मन्त्रिपरिषदमा नियमावली नपुग्दै केपी ओली सरकार ढलेको थियो । त्यसपछि शेरबहादुर सरकार नेतृत्वमा सरकार बन्यो । लामो समयसम्म मन्त्रालयमा जिम्मेवारी देउवा आफैले लिएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नियमावली स्वीकृतका लागि मन्त्रिपरिषदमा लगेका थिए । तर मन्त्रिपरिषदले पुरानो सरकारको पालामा अर्थबाट राय लिएको भन्दै फेरि अर्थबाट राय लिएर मात्रै पेस गर्न भन्दै नियमावली मन्त्रात्रालयमै फर्काएको थियो ।
मन्त्रिपरिषदबाट फर्केको नियमावली अहिले मन्त्रालयले अर्थसँग राय लिन पठाउने निर्णय गरिसकेको मन्त्रालयको हवाई उद्योग महाशाखा प्रमखु तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । अर्थको रायआएपछि नियमावली मन्त्रिपपरिषमा लगेर स्वीकृत गरिने उनको भनाइ छ ।
विमानस्थल सञ्चालनको तयारीभएसँगै प्राधिकरणले पनि विमानस्थल प्रमुखको रुपमा गोविन्द्र प्रसाद दाहाललाई खटाएको छ भने आवश्यक कर्मचारी समेत तयार गरिरहेको छ।
यो विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको हो। विमानस्थल निर्माणका लागि सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग सम्झौता भएको थियो ।