Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सुनचाँदीको मुल्यमा बढोत्तरी

सुनचाँदीको मुल्यमा बढोत्तरी

काठमाडौं, ७ माघ । यो साता सुनचाँदीको मुल्यमा बढोत्तरी भएको छ ।

शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ भएको छ । बिहीबारका तुलनामा १ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार १ हजार ३ सय १५ रुपैयाँ खरिदबिक्रि भएको चाँदी गत आइतबार १ हजार २ सय ५० मात्रै थियो । एक सातामा चाँदीको मूल्यमा ६५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

गत महिना पुसभरि अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य कमजोर रहेको सुनचाँदीमा माघ लागेयता क्रमिक बढोत्तरी छ । माघको पहिलो साता क्रमिक बढेको सुनको कारोबार मूल्य साताको अन्तिम दिनसम्ममा १ हजार ४ सय रुपैयाँ बढेको महासंघको तत्थ्यांकले देखाएको छ ।

तर साताको प्रारम्भमा गत आइतबार तोलाको ९२ हजार ४ सय रुपैयाँ सुनको थियो ।

गत पुस २ को एकै दिन एकपटक तोलाको ९४ हजार पुगेर क्रमिक घटेको थियो । त्यसपछि महिनाभर सुनको मुल्यमा ठूलो अंकको अन्तर देखिएको थिएन ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ८ सय ४०.६३ डलर र चाँदी २४.४५ डलर पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x