लघुवित्तको कर्जाले आठ परिवारको उठिबास !
सुर्खेत, ९ माघ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का ८ परिवार भारत पलायन भएका छन् । लघुवित्त संस्थाले चर्को ब्याज लिन थाले पछि ऋण तिर्न नसक्ने भएर उनीहरुले थाकथलो नै छोडेर भाग्नु पर्ने अवस्था आएको हो ।
सदस्यको स्रोतसम्बन्धी जानकारी विनै जथाभावी ऋण दिएर वित्तिय संस्थाले ऋणीहरुको उठिबास लगाएको आरोप स्थानीयको छ । नगरपालिकामा अहिले च्याउसरी लघुवित्त संस्था खुलेका छन् । विशेष गरी महिलालाई सदस्य बनाएर वित्तिय कोरोबार गर्ने गरेका छन् । संस्थाले ऋणको प्रयोजन र स्रोत सुनिश्चितता गर्न नसक्दा यस्तो अवस्था आएको जनप्रतिनिधिको भनाई छ ।
यसरी ऋण दिँदा व्यक्तिमात्र होइन, संस्था समेत डुब्ने अवस्थामा पुगेका छन् ।