Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

श्रीलंकामा चरम आर्थिक संकट, २०२२ मै टाट पल्टिने खतरा

श्रीलंकामा चरम आर्थिक संकट, २०२२ मै टाट पल्टिने खतरा

काठमाडौं, ९ माघ । श्रीलंका आर्थिक तथा मानवीय संकट व्यहोर्न बाध्य बनेको छ । मुद्रास्फीतिले रेकर्ड तोडेको छ । गएको नोभेम्बर महिनामा मात्र श्रीलंकाको मुद्रास्फीति ११.१ प्रतिशत पुगेको छ ।

विश्व बैंकको अनुमान अनुसार कोरोना महामारी सुरू भएदेखि श्रीलंकामा पाँच लाख मानिस गरिबीको रेखामुनि परेका छन् । जब की सन् २०१९ को रिपोर्ट अनुसार श्रीलंका दक्षिण एसियामा माल्दिभपछि दोस्रो धनी मुलुकको स्थानमा थियो।

प्रति व्यक्ति आय ४ हजार ६७. ८५ डलर थियो । कोरोना महामारीका कारण उत्पन्न वित्तीय तथा मानवीय संकट बढ्दै जाँदा सन् २०२२ को कुनै पनि महिनामा श्रीलंका टाट पल्टेको घोषणा हुन मात्रै बाँकी छ ।

महामारीको प्रभावसँगै पर्यटन क्षेत्र धराशायी बनेको छ । देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत योगदान पु¥याउने पर्यटन क्षेत्र ठप्प प्रायः भएपछि २ लाख मानिसले रोजगारी गुमाएको विश्व यात्रा र पर्यटन परिषद्ले जनाएको छ । योसँगै कोरोना पीडितका लागि सरकारले ल्याएको कर कटौती नीतिका कारण राजस्व पनि निकै खुम्चिएको छ ।

श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । श्रीलंकासँग यतिबेला १ अर्ब ६ करोड डलर मात्रै विदेशी मुद्रा बाँकी छ । तर १ वर्षभित्र सरकार र निजी क्षेत्रले मात्रै ७ अर्ब ३ करोड डलर बराबरको विदेशी ऋण तिर्नुपर्ने भाका छ ।

त्यसमध्ये चीनको मात्र ५ अर्ब डलरभन्दा बढी ऋण छ । तत्कालको संकट समाधानका लागि मासिक ५० लाख डलर बराबरको चिया इरान निर्यात गर्ने बारेमा इरानसँग छलफल गरिरहेको बताइएको छ । यस्तै भरतसंग पनि कर्जाको लागि आग्रह गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x